दफा
समितिको काम, कर्तव्य र अधिकार

४. समितिको काम, कर्तव्य र अधिकारः

यस आदेशमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) बादी समुदायको विकासका लागि आवश्यक नीति निर्माण गर्ने सम्बन्धमा नेपाल सरकार समक्ष सुझाव पेश गर्ने,धधध।
(ख) बादी समुदायको विकासका लागि बनेका नीतिको कार्यान्वयन गर्न आवश्यक योजना तथा कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(ग) बादी समुदायको व्यवस्थित बसोबासका लागि बस्ती विकास एवम् पुनस्र्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(घ) बादी समुदायको विकासका लागि विभिन्न निकायसँग सहकार्य तथा समन्वय गरी प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ङ) बादी समुदायको उत्थान सम्बन्धमा जानकारी आदान प्रदान गर्न सञ्जाल स्थापना र विस्तार गर्ने,
(च) बादी समुदाय सम्बन्धी अध्ययन, अनुसन्धान गरी प्रकाशन र प्रशारण गर्ने, गराउने,
(छ) बादी समुदायको विकासका लागि प्राप्त हुने रकमलाई एकीकृत गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,
(ज) बादी समुदायका व्यक्तिलाई छात्रवृत्ति उपलब्ध गराउन नेपाल सरकार समक्ष अनुरोध गर्ने,
(झ) बादी समुदायका व्यक्तिहरूको कार्यक्षमता वृद्धि गर्ने प्रयोजनका लागि आवश्यक सीप विकास तथा आयआर्जन सम्बन्धी तालीम कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने,
(ञ) बादी समुदायसँग सम्बन्धित तालीम, गोष्ठी तथा सेमिनार सञ्चालन गर्ने, गराउने,
(ट) समितिको बार्षिक बजेट तथा कार्यक्रम तयार गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्ने,
(ठ) समितिको लागि आवश्यक स्रोत तथा साधनको व्यवस्था गर्ने,
(ड) बादी समुदायसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धी, सम्झौताहरूको कार्यान्वयनका लागि पहल गर्ने,
(ढ) बादी समुदायको उत्थान र विकासका लागि तोकिए बमोजिमका अन्य काम गर्ने ।